मेस्सीको ६ सयौं गोल, बार्सिलोनालाई ८ अंकको अग्रता

स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई १ – ० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले निर्णायक गोल गरे । पहिलो हाफको २५ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए । यो गोलसँगै मेस्सीले करियरको ६ सयौं गोल पुरा गरेका छन् । मेस्सीले ७४७ औं खेलमा ६ सय गोलको कोशेढुंगा पुरा गरेका हुन् ।

क्याम्प नाउमा एथ्लेटिकोमाथि बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले थप गोल गर्न सकेनन् । यस्तै घरेलु टोली बार्सिलोनाविरुद्ध एथ्लेटिको पनि केहि गोलको अवसर पाएको थियो ।  तर, उक्त मौकामा गोल गर्न नसक्दा एथ्लेटिको पराजित हुन पुग्यो । यो जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता बनाएको छ ।

शीर्ष स्थानको बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिकोको ६१ अंक छ । लिगमा तेस्रो स्थानको रियल मड्रिडको ५४ अंक रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com