स्पेनिस ला लिगा फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई १ – ० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले निर्णायक गोल गरे । पहिलो हाफको २५ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए । यो गोलसँगै मेस्सीले करियरको ६ सयौं गोल पुरा गरेका छन् । मेस्सीले ७४७ औं खेलमा ६ सय गोलको कोशेढुंगा पुरा गरेका हुन् ।
क्याम्प नाउमा एथ्लेटिकोमाथि बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले थप गोल गर्न सकेनन् । यस्तै घरेलु टोली बार्सिलोनाविरुद्ध एथ्लेटिको पनि केहि गोलको अवसर पाएको थियो । तर, उक्त मौकामा गोल गर्न नसक्दा एथ्लेटिको पराजित हुन पुग्यो । यो जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता बनाएको छ ।
शीर्ष स्थानको बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिकोको ६१ अंक छ । लिगमा तेस्रो स्थानको रियल मड्रिडको ५४ अंक रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


