पशुपतिनाथको आम्दानीले तलबभत्ता नै पुग्दैन

पशुपतिनाथ मन्दिरका मूलभट्ट, भट्ट, भण्डारी र रैरकर्मीको तवब भत्ता र खर्च गत वर्ष आम्दानीभन्दा बढी भएको छ ।

पशुपतिनाथ, वासुकीनाथ, मूल मन्दिरपरिसरको हुन्डी, हनुमान र नारायण मन्दिर, नवग्रह, जुत्ताचप्पल र अन्य गरी वर्षभरि भएको आम्दानीभन्दा झन्डै तीन करोड रुपैयाँ बढी तलबभत्ता र सुविधामै खर्च भएको समाचार छ ।

गत आर्थिक वर्षमा चार करोड सात लाख ९३ हजार पाँच सय ४६ रुपैयाँ आम्दानी भएको छ भने सात करोड ४५ लाख ७७ हजार नौ सय चार रुपैयाँ खर्च भएको छ ।

पशुपति क्षेत्र विकास कोषले मन्दिरको भेटीघाटी पारदर्शी गरी मन्दिरेको आयव्यय चुस्त र दुरुस्त बनाउँदै बचेको रकम जीर्णेद्धार, पुनर्निर्माणलगायत काममा खर्च गर्ने लक्ष राखी मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ को मन्त्रिपरिषद बैठकले पासउ गरेपछि चैत आठ देखि लागू भएको थियो ।

x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com