नेपाली क्रिकेटरले पाए ओलीबाट १ लाख नगद र ३ लाखको चेक

सरकारले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । वर्ल्ड कप क्वालिफायर प्रतियोगितामा छनोट भएको नेपाली टोलीका खेलाडीलाई जनही ४/४ लाख सहित सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले दिने भनेको तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनकै दिन नेपाली टोलीलाई सरकारका तर्फबाट तीन लाखको चेक र मदन भण्डारी स्पोर्टस एकेडेमीका तर्फबाट एक लाख रुपैयाँ नगद हस्तान्तरण गरेका हुन् । वर्ल्ड क्रिकेट लिग डिभिजन टूको शीर्ष दुईभित्र रहन सफल नेपाली क्रिकेट टोलीका १४ खेलाडी र प्रशिक्षकलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो। कार्यक्रममा विश्वकप छनोट खेल्ने नेपाली टीमलाई बिदाई समेत गरिएको छ । नेपाली टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com