नयाँ शक्तिको ५ बुँदे ‘लुम्बिनी संकल्प’ प्रस्ताव पारित

– नयाँ शक्ति पार्टी नेपालको संघीय परिषद्को बैठक ५ बुँदे ‘लुम्बिनी संकल्प’ प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।  बुद्ध जन्मभूमि लुम्बिनीमा बसेको उक्त बैठकले देशमा समस्या भएपनि ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिने निश्कर्ष निकालेको छ ।  नेपाली जनताको सुख, समृद्धि र खुशी बाहेक आफूहरुको अरु कुनै राजनीतिक स्वार्थ नरहेको भन्दै संकल्प प्रस्तावमा भनिएको छ, ‘राजनीति हाम्रा लागि सेवा गर्ने माध्यम हो, पेशा व्यवसाय हैन् । सत्ता, शक्ति, धन, पद र व्यक्तिगत प्रतिष्ठाको स्वार्थपूर्तिको माध्यम राजनीतिलाई कहिल्यै बनाउने छैनौं ।’   स्वाधीन, समावेशी, सुशासित, समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने लक्ष्य पार्टीको राजनीतिक जीवनको मुख्य लक्ष्य हुने संकल्प पनि लिइएको छ ।  यस्तै नयाँ युगको नयाँ आवश्यकतालाई पूरा गर्न आफूहरु “नव मानव” बन्ने,  कहिले पनि भ्रष्टाचार नगर्ने, काँग्रेस वा नामधारी कम्युनिष्ट दलहरुले छर्ने कुनै भ्रममा नपर्ने,  अग्रगामी ‘वैकल्पिक राजनीतिक शक्ति’ निर्माण गर्न कुनै कसर बाँकी नराख्ने लगायतका संकल्प पनि  नयाँ शक्तिले गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com