म्यान्चेस्टर युनाइटेड ‘एफए कप’को क्वार्टरफाइनलमा

फागुन ६ – हर्डसफिल्ड टाउनलाइ २–० गोलले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड इङ्गिलस फुटवल प्रतियोगिता ‘एफए कप’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको प्रि–क्वार्टरफाइनल खेलमा जित दिलाउन दुवै गोल रोमेलु लुकाकुले गरेका थिए ।

खेल सुरु भएको तेस्रो मिनेटमा हुवान माटाको सहयोगमा गोल गरेपछि युनाइटेडले घरेलु टोलीविरुद्ध एक शून्यको दूरी बनायो । पहिलो हाफमै माटाले गोल गरेपनि भिडियो एसिस्टेन्ट रेफ्रि भिएआरको माध्यमबाट अफसाइड घोषित गरिएको थियो ।
५५ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा हडर्सफिल्ड दुइ शून्यले पछि पर्यो ।
जरी सिजनमा लुकाकुको यो २१ औँ गोल हो । भने एफए कपमा १० औँ गोल हो ।
क्वार्टरफाईनलमा युनाईटेड र ब्राईटन खेल्नेछन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com