झापाको चन्द्रगढि विमानस्थलमा आइएफआर प्रविधि

झापाको चन्द्रगढि विमानस्थल भद्रपुरमा आइएफआर प्रविधि भित्र्याइएको छ ।
हुस्सु र कुहिरोका कारण बारम्बार हवाई उडान अबरुद्ध हुन थालेपछि विमानस्थलमा आइएफआर प्रविधि भित्र्याइएको हो ।

आइएफआर प्रविधि सुरु भएसँगै भिजिबिलिटी कम हुँदा पनि उडान भर्न सकिने नागरिक उड्ययन प्राधीकरण भद्रपुर स्रोतले जानकारी दिएको छ ।

आइएफआर प्रविधिका लागि सबै उपकरण जडान गरी बुद्ध एयरको जहाजले परीक्षण उडान गरेको थियो । यो प्रविधि जडानसँगै अब १७ सय मिटरको भिजिबिलिटीमा नै उडान गर्न सकिनेछ ।

आइएफआर प्रविधि भित्र्याएर परीक्षण उडान गरेसँगै अब जहाज १७ सय मिटरको भिजिबिलिटीमा अवतरण हुने हुँदा उडान अवरुद्ध हुने सम्भावना कम रहने बताइएको छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com