पूर्व सांसद मञ्चको आयोजनामा सोमबारबाट काठमाडौमा सुरु भएको पूर्व सांसदहरुको राष्ट्रिय भेलालाई उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
उहाले उच्च आर्थिक बिकास र समृद्धिका साथ संबिधानले लक्षित गरेको न्याय र समानताका आधारित समाजबादमा उन्मुख अर्थतन्त्रको बिकास सबैको लक्ष्य हुनुपर्ने बताउनुभयो ।
बिभिन्न क्षेत्र , दलबाट प्रतिनिधीत्व गर्ने तथा मुलुकको राजनीतिको गहिरो ज्ञान भएका पूर्व सांसदहरुको मुलुकको बिकासमा महत्वपूर्ण भूमिका हुने उहाले उल्लेख गर्नुभयो ।
कानुनमन्त्री यज्ञबहादुर थापाले संसदीय लोकतन्त्र र संसदीय परम्परामा हातेमालो गर्दे आफ्नो भूमिकालाई प्रभावकारी बनाउने पूर्वसांसदहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
भेलामा मुलुकको पछिल्लो राजनीतिक अबस्थाका अबधारणामा केन्द्रित रहेर छलफल गर्ने मञ्चले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


