माघ २३ – धुर्मुस–सुन्तली फाउण्डेसनको महत्वपुर्ण चौथो प्रोजेक्टको रुपमा रहेको रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–८, सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले आज हस्तान्तरण गर्न लागिएको हो ।


गएको असोज ४ गते शिलान्यास गरिएको यो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत बनेका छन् ।

एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण गरिएको छ ।

English
MTV NEPAL MTVNEPAL


