पोखरामा गाडीको ठक्करबाट नेविसंघ कार्यकर्ताको मृत्यु

पोखरा । पोखरामा गाडीको ठक्करबाट नेविसंघका एक कार्यकर्ताको मृत्यु भएको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । अहिले पृथ्वीनारायण क्याम्पस बगर क्षेत्र तनावग्रस्त छ । क्याम्पस गेट अगाडि प्रहरी र विद्यार्थीहरुबीच झडप जारी छ । प्रहरीले कपिलदेव रानाभाटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ ग १ ख ६६७७ नम्बरको गाडीको ठक्करबाट नेविसंघका वोधराज ढकालको मृत्यु भएको थियो । स्याङजा आँधीखोला गाउँपालिका घर भई पोखराको बगर बस्दै आएका २४ वर्षीय ढकाल नेपाल विद्यार्थी संघ स्याङ्जा-पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्ष हुन् ।

नेविसंघका नेता विधान लामिछानेले भने, ‘वोधराज जी कोठामा जाँदै गर्दा माइक्रो बसले ठक्कर दिएर मार्‍यो । अहिले स्थिति तनावग्रस्त छ ।’ तत्काल गण्डकी मेडिकल कलेजमा लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि ढकाललाई मणिपाल अस्पताल लगिएको थियो । उनको त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकले जानीजानी किचेर मारेको पीडित पक्षको आरोप छ । तर पीडक पक्षले भने त्यसको खण्डन गर्दै आएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com