राष्ट्रिय सभा निर्वाचन भोलि, शुक्रबार राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । राष्ट्रिय सभाको निर्वाचनसँगै प्रतिनिधिसभाको परिणाम घोषणाका लागि पनि बाटो खुल्नेछ । राष्ट्रिय सभाको निर्वाचनबाट चुनिने ५६ सिटमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारले चयन गर्नेछ । त्यसका लागि कुन सरकारले गर्ने भन्ने विवाद पनि अहिलेसम्म कायमै छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोग स्रोतका अनुसार बुधबार निर्वाचन सकिएपछि बेलुकीसम्म परिणाम घोषणा भइसक्नेछ । त्यसपछि शुक्रबार नै राष्ट्रिय सभाको मतपरिणाम राष्ट्रपतिलाई बुझाउने र प्रतिनिधिसभामा राजनीतिक दलहरुले प्राप्त गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिटअनुसार नामावली दिन पत्राचार गर्ने आयोगको तयारी छ ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले ३३ प्रतिशत महिला पुर्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com