एप्पलले सन् २०१८ मा तीनवटा नयाँ आइफोन ल्याउने

सन् २०१८ मा एप्पलले तीनवटा नयाँ आइफोन रिलिज गर्ने भएको छ ।

केजिआई सेक्योरिटिजका विश्लेषक मिंग ची कुओले आईफोन रिलिज सम्बन्धि जानकारी दिएका हुन् ।

कुओका अनुसार – ६.१ इन्चको एलसिडी डिस्प्ले सहितको आइफोन । यसमा फूल स्क्रिन डिस्प्ले हुनुका साथै ट्रु डेप्थ सेन्सर हुनेछ । यसमा आइफोन एक्समा भएको जस्तै थ्री डी सेन्सिङ टेक्नोलोजी र एनिमोजी सपोर्ट सिस्टम पनि रहनेछ । यो आइफोन आयतकार हुने बताइएको छ । यस आइफोनका मूख्य एसेम्ब्लर्समा ताइबानी कम्पनीहरु पेगाट्रन, फक्सकोन र विस्ट्रोन हुनेछ ।

ओएलइडी डिस्प्लेको साटो फूल एलसिडी डिस्प्लेको प्रयोगका कारण आइफोनको मूल्य तुलनात्मक रुपमा कम हुने दाबी गरिएको छ । साथै स्टेनलेस स्टिलको साटो आल्मुनियमको फ्रेम हुनेछ र क्यामरा पनि सिंगल लेन्स हुनेछ ।

त्यस्तै एप्पलले थप दुई नयाँ आइफोन पनि ल्याउनेछ । त्यसमा आइफोन एक्स र आइफोन एक्स प्लस रहनेछन् ।

दुबै आइफोनमा ४ जिबीको र्याम हुनेछ । आइफोन एक्स प्लस उच्च ब्याट्री क्षमता अर्थात् ३३०० देखि ३४०० मिलि एम्पियर आवरको हुनेछ । यी आइफोनमा दुई ब्याट्री सेल हुनेछन् ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com