कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार जुम्लामा सकिएको छ। यहाँका सबै ग्रामीण बस्तीमा तीव्र गतिको इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमलाई चुनौती दिँदै कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारमा जुटेको सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालिले जुम्लामा काम सम्पन्न गरेको छ। वाइभ सरोवर कम्युनिकेसन प्रालि काठमाडौँको प्राविधिक सहयोग तथा सिम्पल इन्टेलिजेन्ट सिस्टम एन्ड टेक्नोलोजी प्रालि जुम्लाको एक करोड लगानीमा सिम्पल नेटर्वकको इन्टरनेट सेवा विस्तार भएको हो।
नेपालगन्जको मिड प्वाइन्टबाट सिम्पल नेटर्वकको तीव्र गतिको इन्टरनेट सेवाको लिंक दैलेखको रानीमता टावर हँुदै कालिकोटको टावरबाट जुम्लाको बास्थाप्ला टावरमा पठाइने सिम्पल नेटर्वककी प्रबन्धक प्रतिभा शाहीले जानकारी दिइन्। यसअन्तर्गत जुम्लाको बास्थाप्ला टावरले जिल्लाका सबै स्थानीय तहलाई पायक पर्ने हिसाबले विस्तार गरिएका एक दर्जनभन्दा बढी टावरमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्नेछ। ‘हामी तत्काल कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार गर्दै छौं, जुम्लामा काम सम्पन्न भयो’, उनले भनिन्, ‘स्थानीयले ढुक्क भएर आफ्नो घरदैलोमै ५० एमबीको क्षमतासहितको इन्टरनेट सेवा प्रयोग गर्नेछन्।’

English
MTV NEPAL MTVNEPAL


