गोलबजारको मुख्य चोकमा अवस्थित कम्प्युटर पसलमा मंगलबार बिहान आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । गोलबजार प्रहरीका अनुसार सुधीर इन्टरप्राइजेज पसलमा आगलागी हुँदा ल्यापटप, प्रिन्टर मेशिन, राउटरलगायत विद्युतीय र कम्प्युटरसम्बन्धी उपकरण र सामग्रीहरु जलेर नष्ट भएका छन् । ‘राति एक बजे मलाई पसलमा आगलागी भयो भनेर पसल छेउका छिमेकीहरुले फोन गरे’सुधीर इन्टरप्राइजेजका सञ्चालक सुधीर साहले भने, ‘अधिकांश गाउँपालिका, नगरपालिका र विभिन्न संस्थाहरुको मागबमोजिम ल्याइएको कम्प्युटरसम्बन्धी सबै समानहरु जल्दा म त कंगाल नै हुने भए ।’ आगलागीमा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनले जनाए । इलाका प्रहरी गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले विद्युतीय सर्ट हुँदा आगलागी भएको हुन सक्ने र करीब एक करोडभन्दा माथि क्षति हुन सक्ने जानकारी दिए । आगलागीबाट पसल र गोदामको सर समान जलेर नष्ट भएको छ ।

English
MTV NEPAL MTVNEPAL


