रोनाल्डोको दुई पेनाल्टी गोलले रियल मड्रिडको जित

पेनाल्टी गोलको मद्दतमा रियल मड्रिडले ला लिगा फुटबलमा भ्यालेन्सियामाथि जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदत रियल मड्रिडले भ्यालेन्सियामाथि ४–१ को जित निकालेको हो । यससँगै रियलले तेस्रो स्थानमा रहेको भ्यालेन्सियासँगको अंक दूरी २ मा झारेको छ भने बार्सिलोनाभन्दा १६ अंक पछाडि छ ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १६ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा रोनाल्डोले दोस्रो पेनाल्टी गोल गरेपछि पहिलो हाफमा रियल २–० ले अगाडि रह्यो ।

दोस्रो हाफमा भ्यालेन्सियाले खेलमा फर्कने प्रयास गरेको थियो । ५८ औं मिनेटमा मिना लोभन्जोले गोल गरे । तर ८४औं मिनेटमा मार्सेलो र ८९ औं मिनेटमा टोनी क्रुजले गोल गरेपछि रियल मड्रिड ४–१ ले विजयी भयो ।

जितपछि रियल मड्रिडको २० खेलबाट ३८ अंक भएको छ र चौथो स्थानमा छ । एक स्थानमाथि रहेको भ्यालेन्सियाको ४० अंक छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com