सामाजिक सञ्जाल फेसबुकमा अब झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामाग्री नियन्त्रण हुने भएको छ । किनकि अब फेसबुकले विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने भएको छ ।

जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्याङ्किङका आधारमा समाचार प्रवर्द्धन हुने फेसबुकका संस्थापक मार्क जुकरबर्गको भनाई छ । जसले गर्दा विश्वसनीय समाचारमात्र धेरै फेसबुक प्रयोगकर्ताको न्यूज फिडमा देखिनेछ ।
जुकरवर्गका अनुसार यो प्रयोगको परिक्षण अमेरिकामा गरिनेछ र त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु हुनेछ । यो प्रयोग पछि जानकारीमूलक, पठनयोग्य र सान्दर्भिक समाचारमात्र फेसबुकको न्यूज फिडमा देखिने फेसबुकले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


