असोज ७ देखि चेम्बर एक्स्पो हुँदै

काठमाडौं, साउन ३२ । वाणिज्य मन्त्रालय र नेपाल व्यापार तथा निकासी प्रबर्दन केन्द्रको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले यही असोज ७ देखि ११ गतेसम्म  राजधानीमा नेपाल चेम्बर एक्स्पो आयोजना गर्ने भएको छ । चेम्बरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो ।

नेपाली उत्पादनको बजारीकरण  तथा अन्तराष्ट्रिय व्यापारिक समुदायलाई नेपाली उत्पादनप्रति प्रत्यक्ष सहभागी गराउन एक्स्पो आयोजना गर्न लागेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठले भुकम्प र नाकाबन्दीका कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक वातावरणको विकास गर्ने र नेपाली उत्पादनको बजारीकरण गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको बताए । उनले एक्स्पोले कृषिजन्य उत्पादन, आन्तरिक औद्योगिक उत्पादन, हस्तकला तथा अन्य स्वदेशी उद्यमी व्यवसायीलाई प्रवद्र्धन गरी आम जनसमुदाय समक्ष पुर्याउने महत्वपूर्ण सावित हुने बताए ।

एक्स्पोमा  राष्ट्रिय तथा अन्तराष्ट्रिय  गरी २७० वटा स्टलहरु रहने छन् । जसमा हस्तकला, कृषि, खाद्य, फर्निचर, पोशाक निर्माण सामग्री, छाला जन्य वस्तु तथा विभिन्न नेपाली उत्पादनका सामग्रीका साथै अटोमोबाइल विधुतीय सामग्री, होम अपलाइन्स होम डेकोर सौन्दर्य सामग्री, मोबाइल लगायतका स्टल राखिने चेम्बरले जनाएको छ ।

नेपालीहरुको महान चाड बिजय दशमीको पूर्व सन्ध्ययामा आयोजना हुन लागको भएकोले गर्दा पनि धेरै अवलोकनकर्ता आउने चेम्बरको अनुमान छ ।

सो एक्स्पोको मुख्य प्रयोजनको रुपमा जापानको प्रख्यात कम्पनि माउन्ट फुजी स्प्रिन्ग्सले गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com