दक्षिणी र मध्य भियतनामलाई तहसनहस पारेको आँधी डाम्रेका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ । २० जनाभन्दा बढी हराइहेको विवरणहरुमा जनाइएको छ । भियतनाममा शनिबार प्रवेश गरेको डाम्रे आँधीको गति ९० किलोमिटर प्रति घण्टा छ । ४० हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
कैयौं मानिसको उद्धार गरिएको बताइएको छ । आँधी प्रभावित क्षेत्रबाट विदेशी पर्यटकहरुसहित ३० हजारभन्दा बढी मानिसको उद्धार गरिएको बताइएको छ ।यो साताको उतरार्द्धतिर हुने एसिया प्रशान्त आर्थिक सहकार्यसम्बन्धी संगठन एपेकको शिखर सम्मेलन हुन लागेको तटीय शहरभन्दा ५ सय किलोमिटर टाढा रहेको क्षेत्र सबैभन्दा बढी प्रभावित स्थान हो।
भियतनाममा बर्सेनि भीषण आँधी आउने गर्छ जसका कारण उत्पन्न बाढीबाट कैयौं मानिसले ज्यान गुमाउने गर्छन् । सामान्यतया उत्तरी भेगमा आउने आँधीले यसपटक दशकौंपछि दक्षिणी भेगमा व्यापक क्षति निम्त्याएको मौसमविद्हरुले बताएका छन्। BBC


English
MTV NEPAL MTVNEPAL


