भियतनाममा आँधी: कम्तीमा २७ जनाको मृत्यु

दक्षिणी र मध्य भियतनामलाई तहसनहस पारेको आँधी डाम्रेका कारण कम्तीमा २७ जनाको ज्यान गएको छ । २० जनाभन्दा बढी हराइहेको विवरणहरुमा जनाइएको छ । भियतनाममा शनिबार प्रवेश गरेको डाम्रे आँधीको गति ९० किलोमिटर प्रति घण्टा छ । ४० हजारभन्दा बढी घरमा क्षति पुगेको छ।

कैयौं मानिसको उद्धार गरिएको बताइएको छ । आँधी प्रभावित क्षेत्रबाट विदेशी पर्यटकहरुसहित ३० हजारभन्दा बढी मानिसको उद्धार गरिएको बताइएको छ ।यो साताको उतरार्द्धतिर हुने एसिया प्रशान्त आर्थिक सहकार्यसम्बन्धी संगठन एपेकको शिखर सम्मेलन हुन लागेको तटीय शहरभन्दा ५ सय किलोमिटर टाढा रहेको क्षेत्र सबैभन्दा बढी प्रभावित स्थान हो।

भियतनाममा बर्सेनि भीषण आँधी आउने गर्छ जसका कारण उत्पन्न बाढीबाट कैयौं मानिसले ज्यान गुमाउने गर्छन् । सामान्यतया उत्तरी भेगमा आउने आँधीले यसपटक दशकौंपछि दक्षिणी भेगमा व्यापक क्षति निम्त्याएको मौसमविद्हरुले बताएका छन्। BBC

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com