अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा पुगेको छ । भारतीय क्लब गरिफा स्पोर्टिङलाई ३-० ले हराउँदै मनाङले फाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ । पहिलो हाफ गोलरहित भए पनि मनाङले दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको ४४ औं मिनेटमा गरिफाका अबु बोकाईले रातो कार्ड पाउँदै मैदान छोडेपछि मनाङले त्यसको फाइदा उठाएको हो । मनाङका लागि सन्तोष साहुखलले खेलको ४७ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । त्यस्तै सन्तोषले ६९ औं मिनेटमा फेरि गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । यसैगरी विमल रानाले ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । दुई गोल गरेका सन्तोष साहुखल खेलको म्यान अफ द म्याच चुनिए । उनले ट्रफी सहित नगद १० हजार प्राप्त गरे । यस जितसँगै मनाङले फाइनलमा थ्री स्टारसँग भिडन्त गर्दै छ । फाइनल खेल माघ १३ गते खेलिने छ ।

English
MTV NEPAL MTVNEPAL


