प्रिमियर लिगमा लिभरपुल स्वान्सी सिटीसँग पराजित

काठमाडौं, माघ ९ – इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिभरपुल स्वान्सी सिटीसित पराजित भएको छ ।

अंक तालिकाको पुछारमा रहेको स्वान्सीका लागि ४० औं मिनेटमा अल्फी मवसनले गरेको गोल नै निर्णायक भयो ।

यो हारले चौथो स्थानको लिभरपुलले चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । लिभरपुलको २४ खेलबाट ४७ अंक छ । चेल्सीको भने ५० अंक छ । तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीको ६५ अंक छ ।

पुछारको स्वान्सीले जितपछि १९ औं स्थानमा रहेको वेष्ट्रब्रोमको बराबरी अर्थात २० अंक बनाएको छ । १८ औं स्थानमा रहँदै रेलिगेसनको खतरामा नै रहेको साउथह्याम्पटनको २२ अंक छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com