गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ पक्राउ

काठमाडौं, माघ ९ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर ‘गुम्बे’ भनिने श्याम लामालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चितवनबाट गुम्बेलाई पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

गौचनको हत्याका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । ‘गुम्बे’ नेपाली सेनाका भगौडा हुन् ।

काठमाडौंको गौरीघाटमा दावा लामालाई गोली प्रहार गरिएको घटनामा पनि उनको संलग्नता रहेको दाबी प्रहरीले गरेको छ ।

व्यवसायी गौचनको असोज २३ गते काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com