माघ- एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको सुबिधालाई मध्य नजर गर्दै आफ्नो सेवालाई थप प्रविधिमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सकिने बैंकले जनाएको छ । भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबरमार्फत एन आई सी एशिया बैंकको पब्लिक एकाउण्टलाई सब्सक्राइब आवश्यक जानकारी लिन सकिने बताइएको छ । यसैगरी बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एन आई सी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, लोनबारे जानकारी, अनलाईन एकाउन्ट लगायतको जानकारी लिन सकिने जनाएको छ । एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुपाउन सक्ने बैंकले जनाएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


