नायक निखिल उप्रेतीको एक्सनले भरिएको नयाँ चलचित्र ‘पिजडा ब्याक अगेन’ आजबाट काठमाण्डौ बाहिर रिलिज भएको छ । भोलीबाट भने यो चलचित्र काठमाण्डौमा लाग्नेछ ।
हिमाल केसीले निर्देशन गरेको चलचित्रको वुधबार काठमाण्डौमा प्रिमियर गरिएको छ । चलचित्रको प्रिमियरमा नायक उप्रेती, नायिका सारा उपस्थित थिए । यस्तै, श्रीमान्को चलचित्र हेर्न नायिका संचिता लुइटेल पनि हलमा पुगिन् ।
चलचित्र हेर्ने धेरैले नायिकाको कामको प्रशंसा गरेका छन् । कथावस्तु पुरानै शैलीको भएपनि साराले पनि वधाई पाइन् । निखिलको एक्सन हेर्न रुचाउने दर्शकका लागि यो चलचित्र रुचिकर हुने धेरेको प्रतिक्रिया छ ।

English
MTV NEPAL MTVNEPAL


