चोटका कारण डेम्बेले फेरि मैदान बाहिर

माघ २ – यहि सिजन बोरुसिया डर्टमुण्डबाट ९६.८ मिलियन पाउण्डमा बार्सिलोना आएका डेम्बेले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति रियल सोसिडाडसँगको खेलको क्रममा चोटग्रस्त भएका छन् । विश्वका तेस्रो महंगा फुटबल खेलाडी उसमान डेम्बेले फेरि एक महिना मैदान बाहिर रहने भएका छन् ।
खुट्टाको घुँडा भन्दा माथिको भागको चोटका कारण डेम्बेले फेरि मैदान बाहिर रहने भएका हुन् । अहिलेसम्म बार्सिलोनाबाट सात खेल खेलेका डेम्बेले गएको सेप्टेम्बरमा बार्सिलोनाबाट तेस्रो खेल खेल्ने क्रममै चोटग्रस्त भएका थिए ।
त्यसपछि उनको शल्यक्रिया गर्नु परेको थियो । अहिले पनि बायाँ खुट्टामै चोट लागेको हो । तर यसले शल्यक्रिया गरिएको ठाउँमा असर नगरेको बार्सिलोनाले जनाएको छ । डेम्बेले तीनदेखि चार हप्तासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com