महानगरीय अपराध महाशाखामा केही समय यता फेसबुक ह्याक भएको भन्दै उजुरी दिन आउनेको सङ्ख्या बढ्दै गएको छ। अहिले प्रत्यक दिन औशत १० जनाको उजुरी आउने गरेको प्रहरीले जनाएको छ। महाशाखामा साइबर अपराध सम्बन्धि विषय हेर्ने प्रहरी निरीक्षक लीला डाँगी भन्छन्, ‘केही समयदेखि फेसबुक ह्याक र यस सम्बन्धित हुने अपराधहरु बढेका छन्।’
विभिन्न व्यक्तिको फेसबुक ह्याक गरेर अश्लिल फोटो पोस्ट गर्ने र रमाइलो लिनेहरुको सङ्ख्या बढी रहेको छ। यसरी ह्याक भएकामध्ये केहीले आर्थिक अपराध र बार्गेनिङ समेत गर्ने गरेको निरीक्षक डाँगी बताउँछन्। उनी भन्छन्, ‘धेरै जसोले कसरी ह्याक हुन्छ भनेर उत्सुक भएर पनि गर्ने गरेको पाइयो।’ यसरी अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएका केही व्यक्ति आइटी पढ्दै गरेको भेटिएका छन्।
फेसबुक ह्याक गर्ने उपायहरु इन्टरेनटमा सहजै पाउने भएकाले पनि किशोर किशोरी समेत ह्याकिङको टेस्टमा लागेका हुन सक्छन्। उनीहरुले सिक्न प्रयोग गरे पनि ह्याकिङको सिकार हुनेहरु भने पीडित हुने गर्छन्।

लिंक पठाएर ह्याक
प्रविधिको विकाससँगै फेसबुक ह्याक गर्ने प्रविधि पनि सहज बन्दै गएको छ। फेसबुक म्यासेन्जरमा लिंक पठाएर सबैभन्दा बढी ह्याक गरेको पाइएको छ। भिडियो र तस्बिरको लिंक पठाई त्यसमा क्लिक गरे ह्याकरलाई ह्याक गर्न सजिलो हुन्छ। निरीक्षक डाँगी भन्छन्, ‘नेपालमा भिडियो र फोटोको लिंक प्रयोग गरी सबैभन्दा बढी ह्याक गरेको देखिन्छ।’
फेसबुक ह्याक हुनबाट कसरी बच्ने?
फेसबुक म्यासेन्जरमा अपरिचितले पठाएको कुनै पनि भिडियो वा फोटोको लिंक नबुझी नखोल्नु होला।
ब्लु रङको लिंक आए झनै नखोल्नुहोस्। यस्तो रङको लिंक ह्याकरले प्रयोग गर्ने गर्छन्।
समय समयमा आफ्नो फेसबुकको पासवर्ड परिवर्तन गरि राख्नले ह्याक हुने सम्भावना कम हुन्छ ।
अपरिचित सँग साथी बन्न हुँदैन ।

English
MTV NEPAL MTVNEPAL


