चलचित्र ह्याप्पी डेजको प्रदर्शन मिति अनिश्चित बनेको छ । यतिबेला निर्देशक मिलन चाम्सलाई ठूला हिन्दी चलचित्रले तनाव दिएका छन् । यसअगाडि चलचित्र ‘२.०’का कारण उनले निर्देशन गरेको चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति सार्नुपरेको थियो ।
अब, अर्को चलचित्रलाई पनि हिन्दी चलचित्रले नै असर गर्ने भएपछि उनले प्रदर्शन मिति पोष्टपोन्ड गरेका छन् । माघ १२ गतेलाई प्रदर्शन मिति तोक्दै ट्रेलर समेत सार्वजनिक भैसकेको चलचित्र ‘ह्याप्पी डेज’ अब तोकिएको मितिमा नआउने भएको छ ।
यहि मितिमा २ ठूला हिन्दी चलचित्र संजयलिला भन्साली निर्देशित ‘पद्यमावत’ र नायक अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’ यो मितिमा रिलिज हुने भएपछि मिलनको चलचित्र ओझेलमा परेको हो ।
दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ताको मुख्य भूमिका रहेको यो चलचित्रको नयाँ प्रदर्शन मिति चाडै नै तय गरिने निर्माणपक्षले बताएको छ । यो बर्ष नै चलचित्र रिलिज हुने बताइएको छ ।

English
MTV NEPAL MTVNEPAL


