संयुक्त कार्यदललाई काम अघि बढाउन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् । राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठन गरिएको कार्यदललाई अध्यक्षद्वयले निर्देशन दिएका हुन् । उक्त कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख,रास्ट्रपती,उपरास्ट्रपती लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्नेछ ।
प्रतिवेदन तयार पार्दा दुबै दलले प्राप्त गरेको जनमत, व्यक्तित्व र योगदान, पार्टी एकताको गति र सन्तुलनलाई अधार बनाइने कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा माओवादीबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव रहेका छन् भने एमालेबाट सुवास नेम्वाङ, शङकर पोखरेल र सुरेन्द्र पाण्डे रहेका छन् ।
निर्वाचन अगाडि देखिनै बाम गठबन्धन बाट केपी शर्मा ओलिले सरकारको नेत्रित्व गर्ने भन्ने मा सबै सहमत भएकोले प्रधानमन्त्रिमा नेकपा एमालेका अध्यक्ष ओलिनै सर्बसम्मत रहेका छन । पार्टी नेत्रित्वको सन्दर्भमा भने केही समस्या रहेको छ । पार्टी एकतापछि पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दुबैको भूमिका कार्यकारी हुने गरी सानो, प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको जानकारी स्रोतले दिएको छ् ।
त्यसो भएको खण्डमा माओवादीले राष्ट्रपतिमा दाबी गर्ने र आफ्नो नेता रामबहादुर थापालाई त्यहाँ ब्यबस्थापन गर्ने मुडमा प्रचण्ड रहेको बुझिएको छ। माओवादीले राष्ट्रपती पाएको खण्डमा हालका उपरास्ट्रपती नन्दकिशोर पुनको पनि भित्री दाबी रहेता पनि बादलकै सम्भावना बलियो रहेको छ । त्यस्तै एमालेले उपरास्ट्रपतिमा एमालेकी पुरानो नेत्री तथा सहिद पत्नी गोमा देबकोटालाई अगाडि सार्ने सम्भावना रहेको छ । बादल माओवादी केन्द्रका प्रभाबशाली नेता हुन भने देबकोटा लामो समय भूमिगत राजनीति गर्दै अहिले अनेमसंघको केन्द्रिय अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य हुन । यि दुई जनालाई राष्ट्रपती र उपरास्ट्रपती बनाउँदा जातिय, लैंगिक तथा क्षेत्रिय संतुलन पनि मिल्ने र उहाँहरुको बिगतको योगदानको पनि सम्मान हुने भएकोले उहाँहरुकै सम्भावना बलियो रहेको जानकारी स्रोतले दिएको छ ।
यसै गरी कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा पनि साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने तयारी गर्ने छ । प्रतिवेदन तयार पार्दा दुबै दलले प्राप्त गरेको जनमत, व्यक्तित्व र योगदान, पार्टी एकताको गति र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । कार्यदलले बिहीबारबाटनै काम सुरु गरेर छिटो प्रतिवेदन पेश गर्ने र प्रतिवेदन भन्दा पहिलेनै पार्टी एकता भएमा कार्यदलको प्रतिबेदनसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटीमा जाने पुनले बताए ।

English
MTV NEPAL MTVNEPAL


