कुवेतमा मृत्यु भएकाहरुको परिवारलाई क्षतिपूर्ति

१० जनवरी, कुवेत । नेपाली राजदूतावास कुवेतले सन् २०१७ मा १५ जना मृतक कामदारहरुका आफन्तलाई क्षतिपूर्ति वापतको रकम नेपाल पठाएको छ ।
कुवेतमा मृत्यु भई क्षतीपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको बीमा रकम, बाँकी तलव, सेवापश्चात पाउने रकम र सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेको नेपाली दूतावास कुवेतले जनाएको छ ।
सन् २०१७ मा १५ जनाको क्षतिपूर्तिवापतको १,५७,७८६।८५० केवती दिनार अर्थात पाँच करोड २६ लाख ४३ हजार ९८३ रुपैयाँ ९१ पैसा परराष्ट्र मन्त्रालयमा पठाइसकिएको दूतावासले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उक्त रकम सम्बन्धित कामदारहरुको कानुनी हकदारहरुले प्राप्त गर्ने गरी परराष्ट्र मन्त्रालयमा पठाइएको दूतावासले जनाएको छ ।
साथै यसको अतिरिक्त अन्य १६ जना मृतक कामदारहरुको नाममा प्राप्त भएको २०० कुवेती दिनार भन्दा कम रकम कुल २४०१ कुवेती दिनार समेत नेपाल पठाइएको रकममा समावेश गरिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ ।
कुवेतमा विगतका वर्षहरुमा मृतयु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको क्षतिपूर्ति पाप्तिका लागि दूतावासले कानून व्यवसायीहरुको मद्दतमा आवश्यक काम अघि बढाइरहेको थियो ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com