डा.केसीको मुद्दामा आजै फैसला आउने सम्भावना, पानी समेत नपिएर सर्वोच्चमा बहस !

अदालतको अवहेलना सम्बन्धी डा गोविन्द केसीविरुद्धको मुद्दाको बहस बुधवार नै सकिने देखिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बहस भइरहेको छ ।  चियापानका लागि दिउसो १ बजे ‘टि ब्रेक’ गर्ने प्रचलन रहेपनि अहिले बहस चलिरहेको छ । भोलि सार्वजनिक विदा परेकोले सो मुद्दा बुधवार नै टुगाउने तयारी भएको सर्वोच्च प्रशासन स्रोतले जनायो । डा. केसीको तर्फबाट बहस गर्न धेरै वकिलले नाम लेखाएका कारण बहस लम्बिने सम्भावना देखिएसँग पानीसमेत नपिएर बहस जारी छ ।

बहसका क्रममा इजलासमै डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई ‘माफिया र भ्रष्टाचारी’को आरोप लगाएका थिए । यसअघि डा केसीको बयान न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा मंगलवार पनि भएको थियो ।  यसअघि १४ औ अनसन शुरु गर्ने क्रममा डा केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमवार अबहेलना मुद्दा दायर गरेका थिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com