क्यालिफोर्नियामा लेदोसहितको पहिरो ; कम्तिमा १३ जनाको मृत्यु

बुधबार, २६ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २६ । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षापछि आएको लेदोसहितको पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा बाढी आउँदा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रबाट ५० जनाभन्दा बढीको उद्दार गरिएको छ ।
बाढी प्रभावित भएकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भीषण बाढीले मुख्य राजमार्गसहितका सडकहरु अबरुद्ध भएका छन् ।
सडक अबरुद्ध हुँदा केही सवारी साधनलाई बाढीले बगाएको छ भने कतिपय बीच बाटोमै अलपत्र परेका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com