बुधबार, २६ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २६ । सीमा क्षेत्रमा रहेको तनाव अन्त्य गर्नका लागि उत्तर कोरिया र दक्षिण कोरियाका सेना छलफल गर्न तयार भएका छन् ।
दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्चस्तरीय वार्तामा सीमा क्षेत्रको तनाव अन्त्यका लागि वार्ता गर्ने सहमति भएको हो ।
उच्चस्तरीय वार्तामा उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियाको सिओलमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली पठाउन सहमत भएको थियो । दुई कोरियाका अधिकारीबिच दुई वर्षअघि बन्द गरिएको सैन्य हटलाई फेरि सुरु गर्ने सहमति पनि भएको दक्षिण कोरिया सरकारले जनाएको छ ।
तर, उत्तर कोरियाका अधिकारी भने परमाणु रहित बन्ने वा सीमा क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने कुरामा भने सकारात्मक देखिएको छैन ।
संयुक्त राष्ट्रसंघले दुई कोरियाबीच भएको छलफलको स्वागत गरेको छ ।
यस्तै अमेरिकी विदेश मन्त्रालयका अधिकारी भने दक्षिण कोरियाका अधिकारीसँग विन्टर ओलम्पिकमा उत्तर कोरियाका खेलाडीको सहभागिताले उसमाथि लाग्दै आएको प्रतिबन्ध उल्लंघन हुने नहुने विषयमा परामर्शमा छन् ।

English
MTV NEPAL MTVNEPAL


