गगन थापालाई कारबाहीको माग

। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापालाई अनुशासनको कारबाही गर्नुपर्ने माग पार्टी भित्रैबाट उठेको छ । पार्टीको विधान विपरित गएर जथाभावी बोल्दै हिंडेको भन्दै उनीविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने माग उठेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने लगायत विषयमा गुटगत भेला गरेको र डा. गोविन्द केसीको प्रकरणमा व्यक्तिगत चर्चा हासिल गर्ने उद्देश्यले अदालतको विरुद्धमा जथाभावी बोलेको भन्दै उनलाई कारबाही गर्नुपर्नेबारे प्रधानमन्त्री निवास बालुवाटारको आजको विशेष बैठकमा कुरा उठेको स्रोतको दाबी छ । पार्टीको विधान, नीति र अनुशासन बाहिर गएर बोलेको र सोही किसिमको गतिविधि गरेकोले उनलाई कारबाही गर्नुपर्ने माग उठेको बताईएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com