इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित, आफ्नै कीर्तिमान तोडियो

लन्डन, पुस १३ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ ।
खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो पारेको छ । २० खेलबाट सिटीको ५८ अंक भएको छ भने १५ अंकले पछि परेको म्यान्चेस्टर युनाईटेड ४३ अंकसहित दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको चेल्सीको ४२ अंक छ भने ३८ अंकको साथ लिभरपुल चौथो स्थानमा छ ।
प्रिमियर लिग फुटबलमा आज राति क्रिष्टल प्यालेस र आर्सनल भिड्नेछन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com