एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो ऋण स्वीकृत गर्यो

 २६ मंसिर ।  चीनको अग्रसरतामा स्थापना भएको र बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको समाचार छ ।

यसले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको समाचारमा जनाइएको छ । चीनको एक ग्यास कम्पनीका लागि सो ऋण स्वीकृत गरेको समाचारमा जनाइएको छ ।

एक प्राकृतिक ग्यास कम्पनीका लागि करिब २५ करोड अमेरिकी डलर बराबरको ऋण सो बैंकले स्वीकृत गरेको समाचारमा जनाइएको छ ।

उक्त ऋण रकमले चीनले यहाँका करिब २ लाख १७ हजार घरमा प्राकृतिक ग्यास जडान गर्ने काममा प्रयोग गरिने भएको पनि सो समाचारमा जनाइएको छ ।

यस ऋण लगानीबाट गरिएको ग्यास जडानपछि वर्षेनी करिब ६ लाख टन कार्बन उत्सर्जन घटाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ ।

एआइआइबीका अध्यक्ष लि छुङले बेइजिङमा वायु प्रदुषणको मात्रा घटाउने प्रयासस्वरुप गर्न लागिएको यस आयोजनाका लागि लगानी गरिएको प्रतिक्रिया दिए ।

उक्त बैंकले ऋण दिएको यो पहिलो लट हो । पहिलो लटस्वरुप उसले चीनकै कम्पनीलाई ऋण दिएको बताइएको छ । उक्त बैंक चीनको अग्रसरतामा स्थापना गरिएको हो ।

एसियाली बिकास बैंकको प्रतिद्वन्द्वीका रुपमा खोलिएको भनी आरोप लगाइएको सो बैंकमा विश्वका विभिन्न देश सदस्य रहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com