एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो ऋण स्वीकृत गर्यो

२६ मंसिर ।  चीनको अग्रसरतामा स्थापना भएको र बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको समाचार छ ।यसले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको समाचारमा जनाइएको छ । चीनको एक ग्यास कम्पनीका लागि सो ऋण स्वीकृत गरेको समाचारमा जनाइएको छ । एक प्राकृतिक ग्यास कम्पनीका लागि करिब २५ करोड अमेरिकी डलर बराबरको ऋण सो बैंकले स्वीकृत गरेको समाचारमा जनाइएको छ ।

उक्त ऋण रकमले चीनले यहाँका करिब २ लाख १७ हजार घरमा प्राकृतिक ग्यास जडान गर्ने काममा प्रयोग गरिने भएको पनि सो समाचारमा जनाइएको छ ।  यस ऋण लगानीबाट गरिएको ग्यास जडानपछि वर्षेनी करिब ६ लाख टन कार्बन उत्सर्जन घटाउने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । एआइआइबीका अध्यक्ष लि छुङले बेइजिङमा वायु प्रदुषणको मात्रा घटाउने प्रयासस्वरुप गर्न लागिएको यस आयोजनाका लागि लगानी गरिएको प्रतिक्रिया दिए ।

उक्त बैंकले ऋण दिएको यो पहिलो लट हो । पहिलो लटस्वरुप उसले चीनकै कम्पनीलाई ऋण दिएको बताइएको छ । उक्त बैंक चीनको अग्रसरतामा स्थापना गरिएको हो । एसियाली बिकास बैंकको प्रतिद्वन्द्वीका रुपमा खोलिएको भनी आरोप लगाइएको सो बैंकमा विश्वका विभिन्न देश सदस्य रहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com