मंसिर १९ । आगामी वर्ष हुने विन्टर ओलम्पिकमा रुसलाई सामेल गराउने वा नगराउने भन्ने विषयमा आइओसीले आज अन्तिम निर्णय गर्ने भएको छ । आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा हुने विशेष बैठकमा आइओसीले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने नलगाउने बारे निर्णय सुनाइने छ । आइओसीका अध्यक्ष थोसम बाचले यसको घोषणा गर्ने छन् । रियो ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसमाथि आउँदो फेब्रुअरी ९ देखि सुरु हुने विन्टर ओलम्पियकमा प्रतिबन्ध लगाउन र नलगाउन दुवै निर्णय कठिन रहेको छ । आइओसीको विशेष कमिटिले यस विषयमा निर्णय गर्नु अघि मंगलबार दिउँसो रुसी खेलाडीले सरकारको सहयोग र संलग्नतामै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको सम्बन्धमा भएको १६ महिना लामो अनुसन्धानको प्रतिवेदन र त्यसको सुझावनको अध्ययन गर्नेछ ।

English
MTV NEPAL MTVNEPAL


