१९ मंसिर । यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेहको निधन भएकोे छ । उनको पाटीले उनी आक्रमणमा मारिएको जनाएको छ ।
तर हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले भने देशद्रोहीले निम्त्याएको संकटको अन्त्य भएको भन्दै सालेहको मृत्युलाई ठूलो र महत्वपूर्ण उत्सव भनी खुशी व्यक्त गरेका छन् । आफुहरुले साउदी नेतृत्वको गठबन्धनको षड्यन्त्रलाई परास्त गरेको उनको भनाई छ ।
गत हप्तासम्म पनि सालेहका समर्थकले हुथी विद्रोहीसँग मिलेर वर्तमान राष्ट्रपति अब्द्रुर मनशुर हादीविरुद्ध संघर्ष गरिरहेका थिए । तर हुथी नियन्त्रित सनाको एक मस्जिदमाथिको नियन्त्रणका विषयमा उनीहरुबीच विवाद उत्पन्न भएको थियो । शुक्रवार यताको संघर्षमा मात्रै १ सय २५ जना मारिएका छन् । गत शनिवार मात्र सालेहले हादीले समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनसँग यमनविरुद्धको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेका थिए । साउदी नेतृत्वले उनको प्रस्तावको स्वागत गरेको थियो । तर हुथीहरु यसको विरोधमा थिए । ७७ वर्षिय सालेहले ३२ वर्षसम्म यमनमा शासन गरेका थिए ।

English
MTV NEPAL MTVNEPAL


