१९ मंसिर । दोस्रो चरणको चुनावका लागि निर्वाचन आयोगले मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गर्दैछ । आयोगले आउँदो बिहीबार हुने चुनावमा ४५ जिल्लाका झण्डै २२ लाख मतदातालाई परिचयपत्र वितरण गर्ने जनाएको छ । परिचयपत्र सँगै मतदातालाई भोट हाल्ने तरिका पनि सिकाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । मतदाताहरुले सम्बन्धित मतदान केन्द्र पुगेर परिचय पत्र लिन सक्नेछन् । परिचयपत्रसँगै मतदान गर्ने तरिका सिकाइने हुँदा सकेसम्म सम्बन्धित व्यक्तिलाई नै परिचयपत्र लिन मतदान केन्द्र पुग्न आयोगले आग्रह गरेको छ । कुनै कारणवश व्यक्ति आफैँ परिचयपत्र लिन नपुगे परिवारका सदस्यले पनि लिन पाउने छन् । यस्तै मतदाता नामावलीमा नाम भएका र मतदान गर्न योग्य व्यक्तिले मतदाता परिचय पत्र नभए पनि, परिचय खुल्ने सरकारी कागजात जस्तै लाइसेन्स, नागरिकता देखाएर पनि भोट हाल्न पाउने छन् ।

English
MTV NEPAL MTVNEPAL


