सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार

१९ मंसिर । सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहमद सहमुल अलि र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ । छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलाङबिहुल गाउँपालिकाको बिहुल नदी नजिक उहाँहरुमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

मोहमद सहमुल अलि सप्तरी क्षेत्र नम्बर ४ ख मा प्रदेश सभा सदस्य उम्मेदवार हुनुहुन्छ । सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार स ५ प १९४२ नम्बरको मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले छुरा हानेका हुन् ।

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com