लुकभित्रै स्वदेशी कफीको खपत बढ्दो…

काठमाडौँ मुलुकमा कफीको उत्पादन बढेसँगै प्रमुख शहरमा विदेशी कफीको तुलनामा स्वदेशी कफीको खपत पनि बढ्दै गएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष देशभर जम्मा ४६६ मेट्रिक टन कफी उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करिब सात प्रतिशतले वृद्धि हो । गत वर्ष ४३४ मेट्रिक टन कफी उत्पादन भएको थियो ।

मुलुकभित्रै स्वदेशी कफीको माग बढ्दै गएपछि हाल नेपालमा विदेशी कफीको आयात घटेको छ भने स्वदेशी कफीको निर्यात पनि कम भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३÷७४ मा रु पाँच करोड चार लाख बराबरको ९९ मेट्रिक टन कफी आयात भएको छ भने रू आठ करोड ४५ लाख बराबरको ९५मेट्रिक टन कफी निर्यात भएको छ ।

यसअघि आव २०७२÷७३ मा रु पाँच करोड ५५ लाख बराबरको कफी आयात भएको थियो भने रु १० करोड ८१ लाख बराबरको कफी निर्यात भएको थियो ।

कार्यकारी निर्देशक गौतमले भन्नुभयो, “गत वर्षको तुलनामा कफीको आयात र निर्यात दुवै घटेको तथ्याङ्कले देखाउँछ, उत्पादन बढिरहँदा आयात र निर्यात दुवै घट्नुले नेपाली कफीको बजार नेपाल भित्रै बढ्दै गएको अनुमान गर्न सकिन्छ ।”

बोर्डले मुलुकभित्र कफी उत्पादनलाई प्रोत्साहन गर्न हरेक वर्ष विभिन्न कार्यक्रम गरी मंसिर १ गते राष्ट्रिय कफी दिवस मनाउँदै आएको छ । यस वर्ष पनि बोडले ‘आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन, सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ नाराका साथ १३औँ राष्ट्रिय कफी दिवस मनाउँदैछ ।

बोर्डका निर्देशक दीपक खनालले २०७२ साललाई नर्सरी वर्षका रुपमा मनाएको र २०७३ साललाई रोपण वर्षका रुपमा मनाई कफी उत्पादन बढाउन प्रचारात्मक र चेतनामूलक कार्यक्रम देशभरि गरेको र आगामी दिनमा उत्पादन बढ्ने जानकारी दिनुभयो ।

बोर्डले गुणस्तरीय कफीको उत्पादन र उपभोगलाई प्रधानता दिई कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउँदै निर्देशक खनालले भन्नुभयो, “सरकारी, निजी र सहकारी क्षेत्र अन्तर्गतका सम्पूर्ण साझेदारको सामूहिक, संगठित, एकीकृत र राष्ट्रव्यापी हातेमालो र प्रयास नै कफी क्षेत्रको सफलताको आधार हो, यिनै पृष्ठभूमि, सोच र आगामी कार्यक्रमलाई केन्द्रमा राखेर १३औँ राष्ट्रिय कफी दिवस मनाउँदैछौँ ।”

विभिन्न जिल्लामा बोर्ड तथा जिल्ला कृषि विकास कार्यालयले सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभावस्वरूप कफी रोपण क्षेत्र विस्तार हुँदा कफी उत्पादन बढेको हो । बोर्डका अनुसार गत वर्षको दुई हजार ६१८ हेक्टरबाट बढेर यस वर्ष कफी रोपण क्षेत्र दुई हजार ६४६ हेक्टर पुगेको छ । यस वर्ष पनि कफी विस्तार कार्यक्रमले निरन्तरता पाएकोले आगामी दिनमा समेत उत्पादनमा थप वृद्धि हुने बोर्डको आँकलन छ ।

कफी व्यवसायी कृष्ण घिमिरेले मुलुकका प्रमुख शहरमा कफी क्याफे हाउसको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको बताउनुभयो । उत्पादनमा अझ वृद्धि गर्दै निर्यात पनि बढाउनुपर्ने बताउँदै व्यवसायी घिमिरेले त्यसका लागि सम्बन्धित निकायबाट प्रोत्साहनका प्रभावकारी कार्यक्रमको खाँचो रहेको औँल्याउनुभयो ।

यस वर्ष बोर्डले करिब सात लाख गुणस्तरीय कफी बिरुवा रोपण गरेको जनाएको छ । यस वर्ष नेपालले विश्व कफी क्षेत्रको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय कफी संगठनको सदस्यतासमेत प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र सहयोग र वाणिज्य मन्त्रालयको अगुवाइमा बोर्डले कफीको राष्ट्रिय निर्यात रणनीति तयार गर्नुका साथै कफी क्षेत्रको विकासका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको छ । हाल मुलुकका ४२ जिल्लामा कफी उत्पादन हुन्छ भने गुल्मी, ललितपुर र सिन्धुपलाञ्चोकको कफीलाई ब्राण्डेड बनाई विदेशमा निर्यात गरिँदैै आएको छ ।  पुर्बेलीन्युजबाट

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com