फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सहित आफ्नो प्लाटफर्मलाई अझै प्रयोगकर्तामैत्री बनाउन र प्रयोगकर्तालाई बढि भन्दा बढि सुविधा प्रदान गर्नका लागि इन्स्टाग्रामले छिटै नै भिडियो कलिंग फिचर ल्याउने तयारी गरिरहेको छ ।
इन्स्टाग्रामले भिडियो कलिंग फिचरमा काम गरिरहेको छ र अहिले यसको परीक्षण चलिरहेको छ । केही महिना भित्रमा आइओएस र एन्ड्रोइड दुबै प्लाटफर्ममा यो उपलब्ध हुने बताइएको छ ।
यद्यपि इन्स्टाग्रामले पनि यो हल्लाको पुष्टि गरेको छैन र अन्दाज र अफवाहमाथि कुनै टिप्पणी नगर्ने बताएको छ ।
फेसबुक स्वामित्वको इन्स्टाग्रामले हालै इन्स्टाग्राम स्टोरिजमा जिआइएफ सपोर्ट लञ्च गरेको थियो ।

English
MTV NEPAL MTVNEPAL


