हेटौडा गोल्डकप फुटबलमा नेपाल पुलिस क्लबको शानदार जित

 नेपाल पुलिस क्लबले तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार प्रभावशाली जित दर्ता गराएको छ । वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा पुलिस क्लबले आयोजक विजय युथ हेटौंडाको चुनौती ३–० ले हराउँदै सेमिफाइनलमा पुगेको हो । फाइनल प्रवेशका लागि पुलिसले थ्रीस्टार क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० मा जारी प्रतियोगिता आइतबार आहा रारा गोल्ड कपको विजेता पुलिसलाई जित दिलाउन अभिषेक रिजालले २ र अर्को गोल रवि पासवानले गरे । अभिषेकले ११ औं र ४० औं मिनेटमा गोल गरे । रविले ५९ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ८१ औं मिनेटमा रक्षक मनोज विष्टलाई रेफ्रिले रातो कार्ड पाएपछि विजय युथले १० खेलाडीमा सिमिति हुँदै खेलको अन्त्य गरेको थियो । उनले पुलिसका प्रिलेन तामाङलाई हातपात गर्न खोजेसँगै रेफ्रिले मनोजलाई रातो कार्ड दिएका हुन् । पुलिसका प्रशिक्षक अनन्तराज थापाले ‘टिमवर्क’को कारण जित सम्भव भएको बताए । हेटौंडाका प्रशिक्षक सुविन घिमिरेले डिफेन्सको कमजोर खेलको कारण हार भएको बताए ।

प्रतियोगिताअन्तर्गत् सोमबार नेपाल आर्मी र सुदुरपश्चिम ११ बीच खेल हुनेछ । फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय क्लबसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पाउनेछन् ।

11

 

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com