हुस्सुका कारण तराईका उडान प्रभावित

१ माघ, काठमाडौं । पूर्वी तराईमा बाक्लो हुस्सु लागेकाले नियमित उडान प्रभावित बनेका छन् । सोमबार बिहानदेखि तराईका कुनै उडान हुन सकेका छैनन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सोमबार बिहानदेखि सिमरा, जनकपुर, विराटनगर, भैरहवातर्फको उडान हुन सकेको छैन । तर, पहाडी भेगमा भने उडान प्रभावित भएको छैन ।
साथै सुदुरपश्चिमाञ्चलस्थित धनगढी विमानस्थलमा भने उडान भइरहेको छ । पोखरा लुक्ला जस्ता क्षेत्रको उडान प्रभावित नभएको त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । पहाडी क्षेत्रतिरको मौसम ठिकै भएकाले अहिले नियमित उडान भइरहेको ठाकुर बताउँछन् ।
हुस्सु खुलेपछि मात्रै तराईका विमानस्थलमा उडान गराउने त्रिभुवन विमानस्थल कार्यालयको तयारी छ । अत्याधुनिक मेसिन जडान नभएका कारण तराईका विमानस्थलहरुमा यस्तो हुस्सु लागेको समयमा उडान प्रभावित हुँदै आएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com