रुकुम (पूर्व)मा डढेलोमा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पुथाउत्तरगंगा गाउँपालिका–३, को लालपाटन जंगलमा लागेको डढेलोमा परेर सोही गाउँपालिका–७, का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको हो। डढेलोमा परि शेरबहादुर बोहरा गम्भिर घाइते छन्। बोहरा र मल्लको घटना स्थलमै मृत्यु भएको थियो। ढडेलो लागेको जंगलमा हावाहुरी चलेपछि गत शनिबार त्यहाँ डढेलो लागेको थियो। घाइते बोहराको काठमाडौमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारि दिए। दुर्गम भएका कारण ढिलो खबर आएको प्रजिअ सापकोटाले जानकारी दिए । अझै विस्तृत विवरण आइनसकेको उनको भनाई छ।

English
MTV NEPAL MTVNEPAL


