सावधान : देशभर करिब ११ हजार डेङ्गु संक्रमित,, आठ जनाको मृत्यु

डेङ्गुको कारण धरान आहात भएका बेला चितवनमा डेङ्गुकै सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार डेङ्गु सङ्क्रमण भएपछि साउन २३ गते अस्पताल भर्ना भएका ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

हाल डेङ्गुको सङ्क्रमण देशव्यापी छ । रोकथामका लागी विभिन्न अभियान चलाईएपनि सङ्क्रमण नियन्त्रण हुन सकेको छैन । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको अनुसार दश हजार सात सय २६ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने आठ जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु सङ्क्रमण बढिरहेको बताए । उनले यसैगरी डेंगु सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने बताए । सङ्क्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ । महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com