सुन प्रकरणका विषयमा संसदमा चर्को आवाज उठाइरहेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज शर्मालाई पक्राउ गरेको हो । शर्मालाई किन पक्राउ गरिएको भन्नेबारे प्रहरीले कारण खुलाएको छैन ।
शर्माले आफूलाई घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन् । सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए । यसै कारण पनि उनलाई पक्राउ गरिएको होकी भन्ने जनमानसमा आशंका पैदा भएको छ ।।

English
MTV NEPAL MTVNEPAL


