नेपालमा बेलाबेलामा फरकफरक विषयवस्तुले चर्चा पाईरहेको हुन्छन् । त्यसैमध्यको अहिले सबैभन्दा चर्चित विषय बनेको छ नक्कली प्रमाणपत्र प्रकरण….. बिहिबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले पक्राउ ग¥यो । शुरुमा पक्राउ गर्नुको कारण नखुलाएको सिआईबीले पछि जानकारी गरायो कि सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको केसमा पक्राउ गरेको हो । त्यति मात्रै होईन सिआइबीले यो अपरेसन जसलाई ‘फक्सट्रट चार्ली’ भनेर नामाकरण गरेको छ । यो अभियान धेरै पहिलादेखि नै चलाईरहेको कुरा पनि खुलायो ।
के यो साँचो होला त ? नभए अहिले सम्म यी व्यक्तिहरुलाई किन पक्राउ गरिएन । अहिले नै किन पक्राउ गरियो ? जतिबेला सुनकाण्डले संसद तातिरहेको छ । जो पक्राउ परेका सांसद शर्मा छन् उनैले संसदमा यस विषयमा चर्को आवाज उठाईरहेका थिय । यति मात्रै होईन गृहमन्त्रिसंगै अथृमन्त्रिको समेत राजिनामा माग गरिरहेका थिय । सासंद शर्मा अहिले आएर यसरी पक्राउ गरिरहँदा गृहमन्त्रिलाई जोगाउन सरकारकै मिलेमतोमा षड्यन्त्र गरिएको जस्तो देखिन्छ ।
नक्कली शैक्षिक प्रमाणपत्रको लहरो तान्ने काम शुरु भएपछि बिहिबारै अन्य ४ जना पक्राउ परेकोमा आज थप २ जना डाक्टर पक्राउ परेका छन् ।
काठमाडौंस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिएका छन् । योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सिआइबीले बिहीबार त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, महोत्तरीका डा. रञ्जितकुमार यादव, डा. एरिना शाह र रौतहटका डा. रामबाबु यादवलाई पक्राउ गरेको थियो ।।

English
MTV NEPAL MTVNEPAL


