सहकारीको ९४ लाख हिनामिना गर्ने ४ जना जेल चलान

मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले सर्बसाधारण वाट सकलन गरीएको रकम हिना मिना गरेको आरोपमा थुनामा परेको मध्ये ४ जना पुपक्षयका लागी जेल चलान भएका छन । अध्यक्ष सहित ५ जना थुनामा परको थिए । अध्यक्ष देबेन्द्र मास्के भने १५ लाख धरौटीमा छुटेका छन । ९४ लाख रकम हिनामिना भएको भन्ने उजुरीका आधारमा ब्यबस्थापक सहित ५ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।सहकारी सस्थाका सचिव नेत्र कुमार श्रेष्ठ ,लेखा समितका समयोजक भरत श्रेष्ठ ब्यबस्थापक बिमला राई र कर्मचारी आश्मा चौलगाईलाई जिल्ला अदालत मोरङले पुरपक्ष्यका लागी जेलचलान गरेको छ । उत्त सस्थाले आव २०७३÷०७४ र आब०७४÷०७५को लेखा परिक्ष्ण समेत नगरेको प्रहरीको अनुसन्धान वाट खुलेको छ । दुई आर्थीक बर्षमा सहकारीले ३१ लाख भन्दा वढिको कारोबार गरेको छ ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले भने यो रकम भने समितिले देखाउन सक्छ । अडिट नभएको रमक भने लगानीका रुपमा देखाउन सक्ने निरिक्षक कटवालले जानकारी दिए ।

समितिकै पदाधिकारी र कर्मचारी बिचे जुहारी चल्दै आईरहेको थियो । सहकारीका कर्मचारीहरुले कार्यसमितिले लगाएको काम गरेको बताउदै आईरहेका छन भने पदाधीकारीहरुले कर्मचारीलाई दोस देखाईरहेका थिए भने कर्मचाचरीले कार्यसमितिले लगाएको काम गरेको बताएका थिए ।२०७० साल देखी यता आब ०७०÷०७१ रआव ०७१÷०७२मा ६३ लाख हिनामिना भएको देखीएको प्रहरी अनुसन्धान वाट खुलेको छ । उत्त अवधिको अडिट भने डोर मणिडागीले गरेका थिए । अडिट गर्ने डागीको खोजि कार्यजारी रहेको निरिक्षक कटवालले जानकारी दिए ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com