विवादित नागरिकता प्रकरणमा सर्वोच्चले आफ्नो फैसला सुनाएको छ । सर्वोच्च अदालतका माननिय न्यायधिस श्री आनन्दमोहन भट्राई र माननिय न्यायधिस कुमार रेग्मिको ईजलासबाट यस मुद्दामा अन्तरिम आदेश निरन्तरता नहुने भनेर आदेश गरेको हो । यस संगै अब सम्माननीय राष्ट्रपति रामचन्द« पौडेलले प्रमाणिकरण गर्नुभएको नागरिकता शंशोधन विधेयक २०७९ अब लागु भएको छ । सर्वोच्चको यस निर्णयसंगै अब नागरिकता बनाउन सहज बाटो खुलेको छ ।
विशेषगरि नेपालका तराईबासीहरुले नागरिकताको झण्झट झेलिरहेका थिए । पहाडी क्षेत्र तथा हिमाली क्षेत्रका नागरिकहरुले जति सहजै नागरिकता बनाउने सुविधा पाएका भए पनि तराईवासीहरुले निकै सकस थियो । भारतसंग खुला सिमाना जोडिएका जिल्लाहरुमा नागरिकता बनाउन महाभारत नै हुनेगरेको थियो ।किनकी खुला सिमानाले विभिन्न बहानामा भारतियहरु नेपालमा सजिलै प्रवेश गर्ने गर्दछन् । उनिहरुले देशका विभिन्न ठाउँहरुमा आफ्नो अड्डा जमाएर बसेका छन् । ती मध्ये अधिकांश तराईका जिल्ला तथा नेपालका ठुलाठुला सहरहरुमा भिख मागिरहेका देखिन्छन् । ससाना बालबालिका सहित धेरैको संख्यमा महिला तथा पुरुषहरु बाटोमा मागिरहेको अवस्थामा देखिन्छन् । ती मध्ये केहि शारिरिक रुपले अलि अशक्त देखिन्छन् भने प्राय काम गरेर खान सक्ने देखिन्छन् तर विशाल देश भारतका ति नागरिकहरु नेपालमा मगन्ते तथा जोगीका रुपमा भेटिन्छन् ।
यसरी अस्वभाविक रुपमा नेपालमा रहेका उनिहरुप्रति नेपाल सरकारले अति चनाखो हुनु पर्ने देखिन्छ । यी मात्रै होईन विभिन्न व्यापार व्यवसायका नाममा नेपालमा केहि समय बिताउने अनि आफुलाई नेपाली नागरिक हुँ भन्दैे किर्ते कागजात बनाएर नेपाली नागरिकता बनाउने गरेका पनि धेरै छन । नेपालमै चटपटे पानीपुरि बेच्ने ,साईकलमा तरकारी फलफुल डुलाएर बेच्ने मात्र नभएर ठुलाठुला महल बनाएका भिआईपी भारतिय पनि नागरिकता लिएर बसेका देखिन्छन् नभए उनिहरुको सम्पति पास गर्दा के आधारमा प्रशासनले स्विकृति दियो भन्ने पनि प्रश्न आउँछ ?
सर्वोच्चको निर्णयले नागरिकताका कारण आफ्नै देशमा अनागरिक जिवन बाँचिरहेका नेपालीहरुलाई राहत भएपनि विभिन्न बहानामा नेपालमा रहेका भारतिय तथा अन्य मुलुकका मानिसहरुले पनि यसको फाईदा लिने हुन की भन्ने ठुलो प्रश्न चिन्ह् खडा भएको छ । यसरी मगन्ते भयर बसिरहेको भारतियको यत्रो आँट छ भने । ती भाईपी भारतिय कति खतरनाक होलान । अब सरकारले यिनिहरुका लागी कडा निति नल्याय नेपाली नागरिकताको आडमा भारतिय बिगिबिगिले देश नडुबाउला भन्न सकिदैन ।
भिडियोका लागी तलको लिंकमा क्लिक गर्नुहोस् ………..

English
MTV NEPAL MTVNEPAL


